बाघको छाला किनबेच गरेको अभियोगमा श्रीमान्-श्रीमतीसहित ४ जना पक्राउ

पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-१३ घर भएकी ४२ वर्षीया झरना थापा भन्ने धनसरी रेश्मी थापा, उनका श्रीमान् ४५ वर्षीय शंकर भन्ने खेमराज गिरी, लमही नगरपालिका-१ नर्ति बस्ने ६३ वर्षीय गीरबहादुर विक र सोही नगरपालिका-२ बरुवा गाउँ बस्ने २८ वर्षीय आशाकुमार चौधरी रहेका छन्।
धनसरीको कोठामा बाघको जस्तो देखिने छालाको किनबेच हुँदैछ भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्नेक्रममा उनीहरूलाई छालासहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पुष २४, २०७८ शनिबार १९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।