देशभर मौसम बदली, चट्याङ्गसहित वर्षाको सम्भावना
हाल प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
आज राति देशभर सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन /चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
पुष २४, २०७८ शनिबार १९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।