प्रधानमन्त्री देउवाको कोरोना परीक्षण भोलि हुने

फाइल तस्बिर
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा र प्रचण्डसँगै सहभागी थिए।
यता माओवादीमा अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।
पुष २४, २०७८ शनिबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।