कुर्था–जयनगर रेलको परीक्षण सफल

कुर्था–जयनगर रेलको परीक्षण सफल

गत वर्ष असोज २ गते भारतीय रेल्वे कर्पोरेसनबाट खरिद गरिएको दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने तयारी समेत भइरहेको छ। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलको परीक्षण परीक्षण गरिएको हो। 

नेपाल रेल्वेका महाप्रबन्धक झाले आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी छिट्टै रेल सेवा सञ्चालनको तयारी भइरहेको पनि बताएका छन्।

पुष २४, २०७८ शनिबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।