विवादित अवार्ड कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष : भने म रोमाञ्चित छु

एक इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग महासङ्घले सहकार्य गरेपछि महासङ्घका पदाधिकारी विभाजित बनेका छन्। महासचिव रोशन पुरीले आफ्नो डिजिटल हस्ताक्षर दुरुपयोग गरेको दाबी गरेका छन् भने वरिष्ठ उपाध्यक्ष रमेश विष्टले असहमति जनाएका थिए।
सचिव सृजना अर्यालले विज्ञप्ति निकालेर कार्यक्रममा सहकार्य गरेको र सहकार्य गर्दा कोरोना कोषमा तीन लाख लिने सहमति भएको भन्दै विवादपछि महासङ्घले सो रकम नलिने सार्वजनिक गरेकी थिइन्। कार्यक्रम विवादमा आएपछि प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएपछि राज्यमन्त्री उमेश श्रेष्ठ सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै महासङ्घ अध्यक्ष पोखरेलले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्न आयोजित कार्यक्रमबाट आफू रोमाञ्चित भएको बताएका थिए।
उनले अवार्ड कार्यक्रममा महासङ्घको संलग्नताबारे विवाद भएको स्विकार्दै आगामी दिनमा मापदण्ड बनाएर अगाडि बढ्ने बताएका थिए।
पुष २४, २०७८ शनिबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।