९ सय ४४ जनामा सङ्क्रमण, सक्रिय सङ्क्रमित ६ हजारभन्दा बढी

९ सय ४४ जनामा सङ्क्रमण, सक्रिय सङ्क्रमित ६ हजारभन्दा बढी

पीसीआरबाट ६ सय ९६ र एन्टिजेन परीक्षणबाट २ सय ४८ जनामा कोरोना पाइएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९७ जना सङ्क्रमणमुक्त पनि भएका छन्। योसहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १४ हजार ६ जना रहेको छ। 

यता देशैभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ६ हजार एक सय ४० पुगेको छ। एक सय १३ जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन। हाल नेपालमा कोरोनाबाट निको हुने दर ९७.९ प्रतिशत रहेको छ। 

पुष २४, २०७८ शनिबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।