प्रतिनिधि सभाको अवरोधले संविधान कार्यान्वयनमा समस्या: ऊर्जामन्त्री भुसाल

उनले विघटित प्रतिनिधि सभा पुनःस्थापित भए पनि यसलाई बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु रहेको उनले बताइन्। “जनताको सार्वभौम थलो प्रतिनिधि सभा हो, त्यहीँबाट जनताका लागि कानून/नियम बन्ने हो। आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन। यसप्रति सबै सचेत हुनुपर्छ”, मन्त्री भुसालले भनिन्।
उनले प्रतिक्रान्तिको खतरा रहुञ्जेल गठबन्धन रहने र चुनावपछि पनि निरन्तरता दिने सोचमा रहेको समेत बताइन्। उनले प्रतिनिधि सभा अवरोध भएका कारण कानून बन्न नपाएको र कानून नबन्दा अधिकार बाँडफाँटको कुरा समेत अड्किएको बताइन्।
पुष २४, २०७८ शनिबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।