विवेकशील अन्तर्राष्ट्रिय समितिले गर्‍यो रवीन्द्र मिश्रसँग सम्बन्ध विच्छेदको घोषणा

विवेकशील अन्तर्राष्ट्रिय समितिले गर्‍यो रवीन्द्र मिश्रसँग सम्बन्ध विच्छेदको घोषणा

वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समुहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको संयोजक सुरेश भट्टले घोषणा गरेका छन्। 

भट्टले विज्ञप्ति निकालेर पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरी नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न सचेत पनि गराएका छन्। 

आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्ने’ अभियानलाई तीव्रता दिने भट्टले उल्लेख गरेका छन्। 

पुष २४, २०७८ शनिबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।