कोरोना सङ्क्रमणपछि प्रचण्ड आइसोलेसनमा  

कोरोना सङ्क्रमणपछि प्रचण्ड आइसोलेसनमा  

कोरोना पोजेटिभ देखिएकाले प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था सामान्य छ। 

स्वास्थ्यकर्मीको सल्लाह अनुसार प्रचण्ड केही दिन आइसोलेसनमा बस्नेछन्। यस्तै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा र सुबोध शेर्पालीलाई पनि कोरोना सङ्क्रमण भएको छ। 

पुष २४, २०७८ शनिबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।