ओलीलाई मनाउन देउवा पुगे बालकोट

सङ्घीय संसद्मा एमालेले जारी राखेको अवरोध अन्त्य गर्ने विषयमा ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्।
सत्ता गठबन्धनको राजनीतिक समन्वय समितिले संसद्को अवरोध हटाउन प्रधानमन्त्री देउवालाई पहल गर्न भनेको थियो।
समितिको सुझाव अनुसार देउवाले ओलीलाई निवासमै पुगेर छलफल गरेका छन्। एमालेले १४ जना सांसदलाई निलम्बन गर्नु पर्ने माग राखेर भदौ २३ गतेदेखि संसद्का दुवै सदनको बैठकमा अवरोध गर्दै आएको छ।
पुष २४, २०७८ शनिबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।