तराईका जिल्लामा हुस्सु र कुहिरो 

तराईका जिल्लामा हुस्सु र कुहिरो 

विभागका अनुसार प्रदेश नम्बर १ र २ मा आंशिक देखि सामान्य बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली रहने विभागले अनुमान गरेको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

पुष २४, २०७८ शनिबार ०८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।