सुख्खा पहिरोले अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडकमा गाडी चल्न थाले

सुख्खा पहिरोले अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडकमा गाडी चल्न थाले
फाइल तस्बिर

गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोला नजिक माथिबाट झरेको सुक्खा पहिराले  राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा पुस २० गतेदेखि अवरुद्ध भएको थियो। 

ठाडो भिर पाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेँसी-रसुवागढी खण्डमा पैदल यात्रा गर्दा वा सवारी साधन आवतजावत गराउँदा भू-धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह पनि गरेको छ।

पुष २४, २०७८ शनिबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।