सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ 

सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ 

यस्तै, उपाध्यक्षमा तुलसीराम सुवेदी, सचिवमा अर्जुन खतिवडा, सह सचिवमा भेषराज बेलवासे र कोषाध्यक्षमा प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सुधा देवकोटा र सन्तोष रोकाया चयन भएका छन्। बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनीत गर्ने सहकारी पत्रकार समाजले जनाएको छ। 

साधारण सभामा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले पछिल्ला दिनहरूमा सहकारी सङ्घ संस्थाहरू पैसा ब्याजमा लगानी गरेर खाने बैङ्क जस्तो भएको बताइन।

‘पछिल्ला दिनहरूमा सहकारी उद्देश्य विहीन जस्तै भएका छन्। सहकारीको मर्म के हो? उद्देश्य तथा लक्ष्य के हो? सहकारीको बाटो एकातिर छ तर संस्थाहरूको गन्तव्य अर्कै तिर भइरहेको छ,’मन्त्री श्रेष्ठले भनिन्, यसलाई रोक्न आवश्यक छ।’

सहकारी सङ्घ संस्थाहरू सदस्यहरूको वृद्धि विकासमा भन्दा पनि नाफा कमाउनेतर्फ उद्धत भएको भन्दै मन्त्री श्रेष्ठले ब्याजदरमा कसेर सदस्य ठग्ने सहकारीको काम नभएको बताइन्।

पुष २३, २०७८ शुक्रबार २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।