शान्ति समाजका चार केन्द्रीय सदस्यले दिएको राजीनामा स्वीकृत 

शान्ति समाजका चार केन्द्रीय सदस्यले दिएको राजीनामा स्वीकृत 
फाइल तस्बिर

राजनीतिक दलको निर्वाचन प्रक्रियामा उम्मेदवारी दिएका चार जनाको राजीनामा स्वीकृत भएको समाजका सभापति गोविन्द खनालले जानकारी दिए। शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अव २९ सदस्य मात्रै रहेका छन्। 

केन्द्रीय कार्यसमितिको बैठकले समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक वार्षिक साधारणसभा २०७८ माघ २१ र २२ गते कपिलवस्तुको जितपुरमा गर्ने निर्णय गरेको खनालले जानकारी दिए।

गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार भन्ने आह्वानसहित राष्ट्रिय परिषद् बैठक आयोजना हुन लागेको सभापति खनालले निकालेको विज्ञप्तिमा लेखिएको छ।

परिषद् बैठकका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको विज्ञप्तिमा उल्लेख छ। 

पुष २३, २०७८ शुक्रबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।