नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि, तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन

पुस महिनामा फेला परेका ११४६ सङ्क्रमितको नमूना स्क्रिनिङ गर्दा २५० (२२%)मा एस-जीन नेगेटिभ फेला परेको र तीमध्ये २४ वटाको जीन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको हो।
यस्तै एकै पटक २४ जना ओमिक्रोन सङ्क्रमित फेला परेपछि मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। यस्तै अक्सिजनलगायतका अत्यावश्यक सामग्रीको जोहो गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
यस्तै मन्त्रालयले ओमिक्रोनका थप केसहरू बढ्न सक्ने अनुमान गरेको छ।
पुष २३, २०७८ शुक्रबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।