१६ जिल्लामा स्थगन भयो एमालेको अधिवेशन

१६ जिल्लामा स्थगन भयो एमालेको अधिवेशन

एमाले अध्यक्ष केपी शर्मा ओलीले भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन केहीबेरपछि ‘भर्चुअल’ रूपमा गर्ने तय भएको छ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि स्थगन भएको छ। हुम्ला, रोल्पालगायतका जिल्लामा अधिवेशन रोकिएको हो।

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि १०औं राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। 

पुष २३, २०७८ शुक्रबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।