ट्राफिक नियम उल्लंघन गर्ने १५ सयभन्दा बढी कारबाहीमा

फुटपाथमा पार्किङ गर्ने १२८ जना, मदिरा पिएर सवारी साधन चलाउने १२४ जना, ढोका खुल्लै राखेर सवारी गुडाउँदै गरेका ५६ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ६६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २५ जना चालकहरू कारबाहीमा परेका छन्।
यस्तै हिजै राति मदिरा सेवन गरी मोटरसाइकल चलाउने सिन्धुलाल्चोकको बलेफी ४ घर भई भक्तपुरको कौशलटार बस्ने २६ वर्षीय रिदम तामाङ दुर्घटनामा परेका छन्। बबरमहलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा उनी गम्भीर घाइते भएका छन्।
माइतीघरबाट बिजुलीबजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१३ प ६४८२ नम्बरको मोटरसाइकल गए राति २ बजे पल्टिएको थियो।
पुष २३, २०७८ शुक्रबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।