इटहरीमा बसले ठक्कर दिँदा गयो सन्तोष र अभिको ज्यान

सुनसरीः जिल्लाको इटहरी उपमहानगरपालिका-२० तरहरामा हिजो साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक संखुवासभाको खाँदबारी नगरपलिका-७ का २६ वर्षीय सन्तोष राई र पछाडि सवार सोही ठाँउ बस्ने २० वर्षीय अभि राई रहेका छन्।
बसको ठक्करबाट घाइते भएका दुवै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ख ८१९६ नम्बरको बसले को२७प २१९ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो।
बससहित चालक प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।
पुष २३, २०७८ शुक्रबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।