एमाले हुम्लाको अधिवेशन एक महिनाका लागि स्थगित

काठमाडौंः नेकपा एमालेको आजबाट सुरु हुने जिल्ला अधिवेशनअन्तर्गत हुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार एक महिनाका लागि जिल्ला अधिवेशन स्थगित गरिएको हो।
जिल्ला सदरमुकाम सिमकोटमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले बताए। मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ।
आजदेखि ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्ने भनिए पनि मौसमको प्रतिकूलताको कारण ९ जिल्लामा अधिवेशन स्थगित गर्ने बताइएको छ। आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्नेछन्।
पुष २३, २०७८ शुक्रबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।