प्रदेश १ र २ मा वर्षा, उच्च पहाडी भूभागमा हिमपात

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर १ र २ मा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको कारण प्रदेश १ र २ का केही स्थानमा वर्षा हुने भएको हो।
हाल देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं २ का उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आज राति प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुष २३, २०७८ शुक्रबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।