बाघले आक्रमणबाट तीन महिनामा तीन जनाको गयो ज्यान

बाघले आक्रमणबाट तीन महिनामा तीन जनाको गयो ज्यान

बाँकेः बाघको आक्रमणबाट बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा पछिल्लो तीन महिनामा तीन जनाको ज्यान गएको छ। बिहीबार राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएसँगै पछिल्लो तीन महिनामा तीन जनाको ज्यान गएको हो।

बाघको पञ्जाबाट उम्किए पनि विष्टको शरीरका विभिन्न ठाउँमा नङ्ग्राले चोट लागेकोे थियो। जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई बाघले आक्रमण गरेको थियो।

यसअघि गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। केही दिनअघि पनि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक जनालाई बाघले झम्टेको थियो।

निकुञ्जमा बाघको सङ्ख्या बढेपछि छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको छ। पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको छ।

पुष २३, २०७८ शुक्रबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।