एमाले जिल्ला अधिवेशनको उद्घाटन शुक्रबार, सर्वसम्मत नेतृत्व चयन गर्न सर्कुलर  

एमाले जिल्ला अधिवेशनको उद्घाटन शुक्रबार, सर्वसम्मत नेतृत्व चयन गर्न सर्कुलर  

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने भएका छन्।

दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक हुन लागेको जिल्ला अधिवेशनको उद्घाटन थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेले जनाएको छ। 

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने जनाएको छ।

मौसमी प्रतिकूलताका कारणले शुक्रबार जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ। 

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। 

पुष २२, २०७८ बिहीबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।