अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात रहेको बताएका छन्।
नेपाल निर्यात परिषद् इकोनको २४ औँ साधारणसभा तथा छैटौँ निर्यात दिवसको उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालबाट ठुलो श्रम शक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको बताए।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु नै समस्याको समाधान रहेको जिकिर गरे। ‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ। यही नै मुख्य समस्या हो। सङ्कटको कारण यही हो’, मन्त्री शर्माले भने, ‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सृष्टि गर्नुको अर्को विकल्प छैन।’
विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाई छ।
पुष २२, २०७८ बिहीबार २१:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।