भारतले महाकाली नदीमा पुल बनाउने

काठमाडौँ : भारतले महाकाली नदीमा पुल बनाउने निर्णय गरेको छ। भारतीय मन्त्रिपरिषद्को बैठकले नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल बनाउने निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्विटरमा लेखेका छन्।
बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति दिएको उनले उल्लेख गरेका छन्।
उनले पुल बनाउने निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गरेका छन्।
पुल बनाउने निर्णय गरेसँगै जयशंकरले नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग टेलिफोन संवाद पनि गरेका छन्।
पुष २२, २०७८ बिहीबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।