सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ५२० रुपैयाँ
काठमाडौँ : सरकारले उखुको खरिद मूल्य तोकेको छ। मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि उखुको खरिद मूल्य प्रति क्विन्टल ५२० रुपैयाँ तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग दिने प्रवक्ता कार्कीले बताए। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गर्ने निर्णय पनि गरेको उनले बताए।
सरकारले गोरखापत्र संस्थानको नयाँ भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडी बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।
पुष २२, २०७८ बिहीबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।