राष्ट्रपतिले गराइन सरकारको ध्यानाकर्षण

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रण र उपचारकाबारेमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रपति भण्डारीले सरकारको कामबारे नियमित ब्रिफिङका लागि भेट्न पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना नियन्त्रण र उपचारकाबारेमा ध्यान दिन आग्रह गर्नु भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
‘सरकारको कामबारे नियमित जानकारी गराउन प्रधानमन्त्री देउवा आउनु भएको थियो,’अधिकारीले भने,‘राष्ट्रपतिले कोरोना नियन्त्रणमा सरकारको कामबारे चासो राखेर ध्यान दिन भन्नुभयो।’
राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिएकी छन्।
भेटमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए।
पुष २२, २०७८ बिहीबार १९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।