सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन श्रम मन्त्रीले गरे आग्रह

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको पाँचौँ श्रम संसद्लाई काठमाडौँमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सामाजिक सुरक्षाको छाताभित्र अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने योजना अघि बढाएको बताए।
अहिले श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर पूरा गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृत्ति देखिन थालेको मन्त्री श्रेष्ठले उल्लेख गरे।
श्रम ऐनको लचकताबाट लाभ लिने अर्थात् रोजगारीबाट हटाउने विषय लागु गर्ने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा आनाकानी गर्ने प्रवृत्ति अस्वीकार्य रहेको उनको भनाई थियो।
पुष २२, २०७८ बिहीबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।