एमाले कैलाली जिल्ला अधिवेशन: यी हुन् अध्यक्षका दाबेदार

वर्तमान अध्यक्ष रतन थापा पुनः अध्यक्षमा दोहोरिने मनसायमा छन भने उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दावी गरिरहेका छन्।
पौष २३ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै तीनै जनाले मतदाता रिझाउन थालेका छन्। रतन थापाले अध्यक्ष पदको एक कार्यकाल खाइसकेकाले हाल उपाध्यक्ष रहेका चन्दको सम्भावना बढी रहेको नेताहरू बताउँछन्।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा एमालेका २२ हजार बढी सङ्गठित सदस्य रहेका छन्।
पुष २२, २०७८ बिहीबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।