सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु,पैदल यात्री घाइते

पूर्व देखि पश्चिम तिर जाँदै गरेको से ४ प ६०२१ नम्बरको मोटरसाइकल र पश्चिम देखि पूर्व तिर आउँदै गरेको रा१प११३० नम्बरको क्रेन पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६ स्याउलेमा एक आपसमा ठोकि्कदा बेलौरीका चौधरीको घटनास्थलमै मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।
पूर्व देखि पश्चिम तिर जाँदै गरेको मोटरसाइकलले पैदल हिडीरहेका लम्की चुहा ६ का भवानी सिंह भाटलाई ठक्कर दिएको थियो ,पैदल यात्री भाटको अवस्था सामान्य छ उनको खुट्टामा चोट लागेको र उनको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
भाटलाई ठक्कर दिएर अनियन्त्रित वनेको मोटरसाइकल क्रेनमा ठोकिएको थियो। चालक सहित क्रेन प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
पुष २१, २०७८ बुधबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।