गुन्डा नाइके पुनविरुद्ध ५० लाख ठगीको जाहेरी

गुन्डा नाइके पुनविरुद्ध ५० लाख ठगीको जाहेरी

कपिलवस्तुका तिलक थापाले ५० लाख रुपैयाँ ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए। उनले जाहेरी दर्ताको प्रक्रियामा रहेको र पुन विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए।

पुन घोराहीमा गुन्डा नाइकेको रूपमा परिचित छन्। कुमार घैँटेको इन्काउन्टरपछि उनी दाङ फर्किएर जवर्जस्ती रकम असुलीमा सक्रिय भएका थिए। २०७३ मा उनी ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए। पुनविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

‘पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ, त्यसमा पनि अनुसन्धान हुन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘ पुन विरुद्ध जाहेरी परेपछि हामी सबै घटनाको अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै  विस्तृतमा भन्न सकिन्छ।’ 

पुष २१, २०७८ बुधबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।