भारतमा लगेर महिला बेच्ने फुलमाया तामाङ पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका कपनबाट तामाङलाई पक्राउ गरेको जनाएको छ।
उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्याएर बेचेको ब्युरोले जनाएको छ। तामाङले पीडितका दिदीबहिनीलाई नै यसरी भारत पुर्याएको पनि खुल्न आएको र उनीहरूलाई छुट्टाछुट्टै कोठीमा पुर्याएर बिक्री गरेको ब्युरोको दाबी छ।
भारतको कोठी सञ्चालकले उनलाई तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ। उनीहरूलाई भारतको मुम्बई, कोलकाता, विहारलगायत विभिन्न क्षेत्रमा पुर्याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ।
एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ।
पुष २१, २०७८ बुधबार १४:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।