सभामुख सापकोटाको काम : बैठक बोलाउने, स्थगित गराउने 

सभामुख सापकोटाको काम : बैठक बोलाउने, स्थगित गराउने 

पुस १८ गते आइतबार बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक भोलि बिहीबार बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको थियो। 

सङ्घीय संसद् सचिवालयले सूचना निकालेर भोलि बिहीबार बस्ने बैठक पुस २८ गते बस्ने गरी स्थगित गरेको जानकारी दिएको छ। 

सभामुख सापकोटाले पुस ७ गते बसेको बैठक पुस १८ गतेसम्मलाई स्थगित गराएका थिए। उनले पछिल्लो समय बैठक बोलाउने र अन्तिम समयमा सूचना निकालेर स्थगित गराउँदै आएका छन्। 

सङ्घीय संसद्का दुवै सदनमा प्रतिपक्षी नेकपा एमाले सांसदले अवरोध गर्दै आएका छन्। पुस ५ गते बसेर स्थगित भएको राष्ट्रिय सभाको बैठक भने पुस २५ गते बस्ने गरी समय निर्धारण भएको छ। 

पुष २१, २०७८ बुधबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।