धनुषा र सप्तरीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु 

 धनुषा र सप्तरीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु 
तस्बिर सांकेतिक

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुरको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो। 

यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा र सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको छ। 

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्। क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टि गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन्। 

पुष २१, २०७८ बुधबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।