सुन तोलाको ९२ हजार आठ सय रुपैयाँ 

सुन तोलाको ९२ हजार आठ सय रुपैयाँ 

बुधबारका लागि छापावाल सुनको मूल्य तोलाको ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। सोमबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ९२ हजार दुई सय रुपैयाँ कायम भएको थियो। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ९२ हजार तीन सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

पुष २१, २०७८ बुधबार ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।