कांग्रेसले १६ जिल्लाको अधिवेशन सार्यो

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पुस २७ गते जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको निर्वाचन गर्ने तालिका स्थगित गरेको हो।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँकी, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्लाको अधिवेशन अब माघ १५ गते हुनेछ।
माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने भएकाले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको समितिले जनाएको छ।
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १६ जिल्लामा अधिवेशन हुन सकेको छैन। केन्द्रीय महाधिवेशन भने सम्पन्न भइसकेको छ।
पुष २१, २०७८ बुधबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।