राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवारले खर्च गर्ने सीमा तीन लाख पचास हजार

माघ १२ गते राष्ट्रिय सभामा फागुन २० मा रिक्त हुने १९ सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारलाई खर्च गर्ने सीमा निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगले मतदाता नामावली खरिद शीर्षकमा १ हजार रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। यस्तै सवारी साधन घोडा र सवारी इन्धन समेत गरी ८० लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण आयोगले गरेको हो।
उम्मेदवारले प्रचार प्रसार सामग्रीमा १५ हजार ५ सय, ढुवानी दश हजार, गोष्ठी अन्तरक्रिया गर्न एक लाख र छापा एवं विद्युतीय माध्यममा प्रचार प्रसार गर्न १४ हजार ५ सय रुपैयाँ खर्च पाउनेछन्।
यस्तै कार्यालय सञ्चालन गर्न ७० हजार, प्रतिनिधि परिचालन गर्न ३० हजार र विविध शीर्षकमा ३० हजार रुपैयाँ गरेर तीन लाख पचास हजार रुपैयाँ खर्च गर्न पाउने सीमा आयोगले तोकेको हो।
आयोगले तोकेको सीमा अनुसार राष्ट्रिय सभा सदस्यका ४३ उम्मेदवारको खर्च १ करोड ५० लाख ५० हजार रुपैयाँ हुनेछ।
पुष २१, २०७८ बुधबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।