कपिलवस्तुमा ट्याक्टर चढेका दुई जनाको मृत्यु

४८ वर्षीया शिवकुमारी चौधरी र १६ वर्षीया फुलकुमारी चौधरी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।
लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान बुद्धभूमि नगरपालिका ३ रनगाईमा दुर्घटना हुँदा घाइते भएका बलराम सुनारको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
कृष्ण विक सामान्य उपचार पछि डिस्चार्ज भएर प्रहरीको सम्पर्कमा पुगेका छन्।
बुद्धभुमि पोलिक्लिनिकमा उपचार गराएका सरिता थारु र सीमा थारु डिस्चार्ज भएका छन्। उनीहरू पनि सम्पर्कमा आउने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेकी प्रहरी जवान सम्झना क्षेत्रीले जानकारी दिइन।
पुष २०, २०७८ मंगलबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।