११ उपसमूहको सेयर मूल्य बढ्यो  

११ उपसमूहको सेयर मूल्य बढ्यो  

२३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँको कारोबार भएको छ। 

उत्पादन तथा प्रशोधन र अन्य बाहेक ११ वटा उपसमूहमा हरियाली छाएको छ। सबैभन्दा धेरै विकास बैङ्क उपसमूह २३२.४१ अङ्कले बढेको छ। 

यस्तै जीवन बिमा १६०.५२, माइक्रोफाइनान्स ९१.५१, जलविद्युत ८७.५४ र फाइनान्स उपसमूह ७९.०१ अङ्कले बढेको छ। 

होटल तथा पर्यटन ६४.०९, बैङ्किङ ६३.६७, व्यापार ५६.०५ र निर्जीवन बिमा उपसमूह ४०.९७ अङ्कले बढेको छ। 

उत्पादन तथा प्रशोधन उपसमूह ४२.७१ र अन्य उपसमूह ६.७ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।  

पुष २०, २०७८ मंगलबार १५:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।