राजश्व विभाग गुहार्न पुगे सुन व्यापारी 

राजश्व विभाग गुहार्न पुगे सुन व्यापारी 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले २ देखि १० प्रतिशतको सीमा तोक्ने व्यवस्था गर्न माग गरेको जानकारी दिएको छ। 

आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत सीमा निर्धारण गर्न आग्रह गरिएको अध्यक्ष माणिकरत्न शाक्यले बताए। 

उनले यसबिषयमा अर्थमन्त्री जनार्दन शर्मालाई पनि जानकारी गराउने बताए। ‘तलबाटै जानकारी गराऊँ भनेर आज राजश्व विभाग गएको हो,’शाक्यले भने,‘सरकारको राजश्व बढोस् भन्ने हो।’

आन्तरिक राजश्व विभागका महानिर्देशक पौडेलले सुनचाँदी व्यवसायीको ज्ञापनपत्र बुझेको बताए। उनले अध्ययन गरेर आवश्यक निर्णय लिने जवाफ व्यवसायीलाई दिएको बताए। 

पुष २०, २०७८ मंगलबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।