विवेकशील साझाको प्रस्ताव: पैसामा पृथ्वीनारायण शाहको तस्बिर

संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने भए पनि नेपालमा निश्चित राष्ट्रिय दिवस नभएकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन भएको पार्टका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा बताइएको छ।
'संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र सम्वृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ', विज्ञप्तिमा भनिएको छ।
यस्तै विवेकशील साझाले नेपाली रुपैयाँमा र हरेक सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि अघि सारेको छ। यस दिन सार्वजनिक बिदा दिन पनि पार्टीले गरेको छ।
यस्तै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझाले पौष २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ समेत सुरु गर्ने बताएको छ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ।
पुष २०, २०७८ मंगलबार १२:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।