मास्कबिनै र्यालीमा हिँडेका दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना

हाल उनी आइसोलेसनमा रहेका छन्। यस्तै उनमा गम्भीर प्रकारको लक्षण पनि नदेखिएको बताइएको छ।
चुनावका लागि पार्टी प्रचारमा हिँडेका केजरीवाल बिनामास्क र्यालीमा देखिने गरेका थिए। हिजो पनि देहरादूनमा उनी मास्कबिनै उपस्थित थिए।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन्। यद्यपि उनलाई सङ्क्रमण भएको कोरोना ओमिक्रोन हो या अरू भेरियन्ट हो भन्नेबारे भने खुलाइएको छैन।
पुष २०, २०७८ मंगलबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।