गौशालानजिकै बसले ठक्कर दिँदा घाइते भएकी कृतिकाको मृत्यु

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ। गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा५ख १५३८ नम्बरको यात्रु बसले बाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो।
दुर्घटनापश्चात फरार रहेका बस चालकको खोजी भइरहेको छ।
पुष २०, २०७८ मंगलबार ०९:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।