राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमार्फत प्रदेश १बाट तीन, प्रदेश २बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्।
निर्वाचनका लागि कुल १२ दल प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धन दलले निर्वाचनमा पनि गठबन्धन कायम राखेको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमाले एक्लै निर्वाचनमा भिड्दैछ। एमालेले १९ पदमै उम्मेदवारहरू टुंगो लगाएको छ।
यस्तै १९ पदमध्ये नेपाली कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन्।
पुष २०, २०७८ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।