कारागारका नाइके फरार प्रकरण: पुर्पक्षका लागि युवती र प्रहरी जवान जेल चलान

उनीहरू सबैलाई कारागारका नाइके यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो।
अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले सोमबार भएको थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतबाट आदेश भएको जानकारी दिए।
यस प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको सूचना अधिकारी शर्माले बताए।
कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका थिए।
पुष २०, २०७८ मंगलबार ०७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।