पिर्के सलामीको थप व्याख्या गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने 

पिर्के सलामीको थप व्याख्या गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने 

प्रहरी प्रवक्ता वसन्त कुवरले मन्त्री झाँक्रीलाई पिर्के सलामी दिनु नियमसंगत नै भएको बताए।

‘मन्त्री ज्युले पाएको सलामीलाई अतिरञ्जित गर्नुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘समारोह व्यवस्थापन भन्ने कार्यविधि छ, हाम्रो सोही अनुसार कुनै पनि संस्थाको प्रमुख औपचारिक कार्यक्रममा प्रहरी कार्यालय जाँदा सलामी दिने चलन छ। उहाँलाई पनि सोही अनुसार सलामी दिइएको हो।’

मन्त्री झाँक्रीले पिर्के सलामी लिएको तस्बिर सामाजिक सञ्जालमा पोष्टभएपछि आलोचना भएको छ। नेपालमा वडाध्यक्ष, मेयर उपमेयर देखि राष्ट्रपतिसम्मले सलामी लिने चलन छ। 

गृह मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइराला भने पिर्के सलामीको थप व्याख्या जरुरी भएको बताउँछन्। ‘मन्त्री ज्यु औपचारिक कार्यक्रममा जानु भएको हो।उहाँलाई सलामी दिनु ठिक हो,’ उनले भने तर कार्यविधिमा कस्तो अवस्थामा दिने, कसरी दिने भन्ने थप व्याख्या जरुरी देखिएको छ।’

कोइरालाका अनुसार गृह मन्त्रालयले सलामी सम्बन्धी थप व्याख्या गरेर मन्त्री परिषद्मा प्रस्ताव लैजाने तयारी समेत गरेको छ।

पुष १९, २०७८ सोमबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।