माओवादीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका २३ जना चयन

२९९ सदस्यीय केन्द्रीय कमिटीमा २३ जना सुदूरपश्चिम प्रदेशका चयन भएका हुन्।
माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कैलालीका ५, डडेलधुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुलाका दुई, अछामका दुई, बैतडीका दुई र डोटीका दुई जना केन्द्रीय सदस्यमा चयन भए।
सुदूरपश्चिम प्रदेशबाट खुलातर्फ ७, खस आर्यतर्फ ६, दलिततर्फ तीन, थारुतर्फ तीन, जनजातितर्फ दुई, उत्पीडित क्षेत्रतर्फ एक र खस आर्य युवातर्फ एक जना केन्द्रीय सदस्यमा चयन भएका माओवादी केन्द्र सुदूरपश्चिम केन्द्र इन्चार्ज खगराज भट्टले जानकारी दिए।
खुलातर्फ डडेलधुराबाट भट्ट सहित दार्चुलाबाट लक्ष्मण जोशी, अछामबाट शरदसिंह भण्डारी, कैलालीबाट वीरमान चौधरी र नेपबहादुर चौधरी, बैतडीबाट नरेन्द्र कँवर, डोटीबाट त्रिलोचन भट्ट माओवादीको केन्द्रीय सदस्यमा चयन भएका छन्।
यस्तै खस आर्य कोटाबाट बैतडीकी रेणु चन्द, डडेलधुराकी कुन्ती जोशी, कैलालीकी विमला सिंह, डडेलधुराकी मञ्जु बम, अछामका टिएम स्वार र बझाङबाट देवराज रेग्मी चयन भएका छन्।
जनजातितर्फ कञ्चनपुरबाट बिना मगर र डोटीबाट डम्बर घर्ती, उत्पीडित क्षेत्रबाट बझाङकी देवकी मल्ल, दलित कोटाबाट बझाङकी शान्ति नेपाली, दार्चुलाकी लक्ष्मी बिक र डडेलधुराका जगत पार्की चयन भएका छन्।
थारु समुदायबाट कञ्चनपुरका देवीलाल चौधरी, कैलालीकी रुपा चौधरी, कञ्चनपुरकै दिपा चौधरी र खस आर्य युवा तर्फबाट कैलालीका लालबहादुर सोडारी केन्द्रीय सदस्य बनेका छन्।
पुष १९, २०७८ सोमबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।