धनगढीमा दुई वर्ष स्थगित महोत्सव यो वर्ष हुने

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा माघ १८ गते देखि महोत्सव आयोजना हुन लागेको हो।
महोत्सव २९ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य सङ्घ कैलालीले जनाएको छ। सङ्घका अध्यक्ष पुष्कर राज कुँवरले सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता र व्यवसाय प्रदर्शनीमा जोड दिइने बताए।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरी चार सयभन्दा धेरै स्टल रहने अध्यक्ष कुँवरले बताए। उनका अनुसार महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ। करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको
महोत्सव सञ्चालनका लागि मूल समितिसहित २१ उप समिति गठन गरिने सङ्घले जनाएको छ।
हरेक वर्ष मङ्सिर २२ गतेबाट लाग्ने सुदूरपश्चिम महोत्सव कोरोना महामारीका कारण विगत दुई वर्ष सञ्चालन भएन।
पुष १९, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।