राष्ट्रिय सभाको उम्मेदवार छान्ने महत्त्वपूर्ण बैठकमा गगन थापा अनुपस्थित 

राष्ट्रिय सभाको उम्मेदवार छान्ने महत्त्वपूर्ण बैठकमा गगन थापा अनुपस्थित 

कांग्रेसको १४ औँ महाधिवेशनबाट थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए। 

बैठकमा थापासँगै महामन्त्रीमा निर्वाचित शर्माले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए। महामन्त्रीमा शर्मा भन्दा धेरै मत पाएका थापा अनुपस्थित बैठकले पार्टीको चुनावमा पराजित कृष्णप्रसाद पौडेल र थापा प्यानलबाट सहमहामन्त्रीमा पराजित कमला पन्तलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा १३ जनालाई मनोनयन गरेपछि केन्द्रीय समितिको दोस्रो बैठक बसेकाे हाे। 

उम्मेदवार छान्ने बैठकबारे महामन्त्री थापाले आफूलाई जानकारी नभएको बताए। अर्घाखाँचीबाट भरखरै काठमाडौँ आइपुगेकाले बैठकमा सहभागी हुन नसकेको उनले बताए।

सभापति देउवाले महामन्त्री थापा सहभागी हुन नसक्दा पनि बैठक राखेर राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नाम टुङ्गो लगाए। यसबिषयमा थापाले केही भनेनन्। 

‘म भरखरै अर्घाखाँचीबाट काठमाडौँ आइपुगेको छु’,थापाले उकेरासँग भने,‘पार्टीको बैठकमा गइन।’ कांग्रेसमा दुई जना महामन्त्री मध्ये देउवाले शर्मालाई बैठकको प्रस्ताव पेस गर्न लगाए।

पुष १९, २०७८ सोमबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।