हिमपहिरोमा हराएका गुरुङको चार दिनपछि भेटियो शव

मनाङः हिमपहिरोमा परी हराएका मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आच्यों गुरुङको शव भेटिएको छ। चार दिन यता बेपत्ता गुरुङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले बताए।
गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा गत बुधबार दिउँसोबाट गुरुङ बेपत्ता थिए। प्रहरीले बुधबारदेखि नै गुरुङको खोजी पनि गरेको थियो। तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो।
गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ।
पुष १९, २०७८ सोमबार १४:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।