लुम्बिनीबाट ४० केन्द्रीय सदस्य निर्वाचित, गुल्मी र पाल्पाबाट १/१ जना

बुटवलः नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गर्दा लुम्बिनी प्रदेशबाट ४० जना परेका छन्। प्रचण्डले विभिन्न क्लस्टरसमेत समावेश गरी घोषणा गरेका केन्द्रीय कमिटी सदस्यहरू सर्वसम्मतले चयन भइसकेका छन्।
केन्द्रीय सदस्य निर्वाचित हुनेहरूमा अधिकांश रोल्पा, रुकुमपूर्वका छन्। ४० जनामध्ये गुल्मी र पाल्पाबाट भने १/१ जना परेका छन्।
दाङबाट ईन्द्रजित थारु, हेमराज शर्मा पोखरेल, दामा शर्मा, रेखा शर्मा, सुवोध श्रीपाली निर्वाचित भएका छन्। रुकुमपूर्वबाट जीवन गौतम, तेजबहादुर ओली, गणेशमान पुन, सुबबहादुर रोका, कृष्णबहादुर महरा, दलजित श्रीपाली, कमला रोका रहेका छन्।
रोल्पाबाट जगप्रसाद शर्मा, वर्षमान पुन, ओनसरी घर्ती, कुलप्रसाद केसी, झक्कु सुवेदी, जयपुरी घर्ती, दिपेन्द्र पुन रहेका छन्।बाँकेबाट महेश्वरजंग गहतराज, पूर्णकुमारी सुवेदी रहेका छन्। बर्दियाबाट कृष्णा चौधरी, तिलकराम शर्मासहित अरू चार जना रहेका छन्।
कपिलवस्तुबाट डोरप्रसाद उपाध्याय, चक्रपाणि खनाल, प्युठानबाट कृष्णध्वज खड्का, रुपन्देहीबाट वामदेव क्षेत्री, हकी उल्लाह खाँ, अर्घाखाँचीबाट सुशीला श्रीपाली, डिलाराम आचार्य, पम्फा भुसाल, पश्चिमनवलपरासीबाट घनश्याम यादव र सीता बौडेल केन्द्रीय सदस्य रहेका छन्।
त्यस्तै गुल्मीबाट लक्ष्मण पन्त र पाल्पाबाट वसन्त घर्ती चयन भएको माओवादी केन्द्रले जनाएको छ।
पुष १९, २०७८ सोमबार १२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।